अबको काँग्रेस महाधिवेशनमा तेस्रो पुस्ताको वर्चस्व हुने प्रदीप पौडेलको दाबी

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीमा पुस्ता हस्तान्तरणका लागि चौधौं महाधिवेशन कोसेढुंगा हुने बताएका छन् । मूल नेतृत्वबाहेक अन्य पदमा तेस्रो पुस्ताको वर्चस्व रहने उनको दाबी छ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने, “कांग्रेसमा पुस्ता हस्तान्तरणका लागि चौधौं महाधिवेशन कोसेढुंगा हुन्छ । मुख्य नेतृत्वमा यसै भन्न सक्दिनँ । बाँकी पदाधिकारी र केन्द्रीय कार्यसमितिमा धेरैजसो तेस्रो पुस्ता या युवा भनिने नयाँ अनुहार आउँछ । तर केन्द्रीय कार्यसमितिमा नआईकन एकैचोटि पदाधिकारीमा आउने भनेको चाहिँ होइन।”

Advertisement

पौडेलले भदौ १८ बाट वडा अधिवेशन सुरु हुनेमा दुबिधा नभएको पनि बताए । उनले क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन आजै सभापति शेरबहादुर देउवालाई बुझाउने र निर्वाचन निर्देशिका छाप्न गइसकेकाले महाधिवेशनको टुंगो लागेको उनको भनाइ छ।

मन्त्रिपरिषद् विस्तार हुन नसक्नुको भित्री कारण जे भए पनि त्यसको अपजस प्रधानमन्त्री शेरबहादुर देउवाले लिनुपर्ने बताए।

उनले भने, “आन्तरिक कारण बुझ्दा माधव नेपालको दलका कारण विस्तार हुन नसकेको हो । तर हामीले मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई सुझाव दिइरहेका छौं । सरकारको प्रभावकारिता निर्वाचनसँग पनि जोडिएको छ । निर्वाचनमा क्षति बढ्ने र निराशा ल्याउने स्थिति आउनु हुँदैन।”

More News last news
Loading...