काठमाडौँ । माधवकुमार नेपाल समूहले यसअघि प्रस्ताव गरेको दलको नाम नेकपा एमाले (समाजवादी) को नाम फेरिने भएको छ । आज नेकपा एकीकृत समाजवादी नाम राख्न निवेदन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एककृत समाजवादी) राखेर निवेदन दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
आयोगले मूल पार्टीसँग जुध्ने नाम कानुनी रूपमा दिन नमिल्ने सुझाएपछि नेपाल समूहले फरक नाम प्रस्ताव गरेको हो।
एमालेबाट फुटेको नेता नेपाल समूहले गएको बुधवार नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो। यसअघि नेकपा एमालेले आफ्नो नामसँग मिल्ने गरी दल दर्ता नगर्न निर्वाचन आयोगलाई आग्रह गरेको थियो।
नेता नेपाल समूहले नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निवेदन दिएपछि एमाले नेताहरू आयोग पुगेका थिए । नियमावली र ऐनअनुसार पार्टीको नाम, झण्डा र चुनाव चिह्न दोहोरिएर राख्न नमिल्ने व्यवस्था छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
