गण्डकीमा आचारसंहिता जारी, ‘मुख्यमन्त्रीविरुद्ध नबोल्नू, नसोधी नहिँड्न’

पोखरा । गण्डकी प्रदेश सरकारले मन्त्रीहरुले मुख्यमन्त्रीको आलोचना गर्न नपाउने गरी आचारसंहिता लागु गरेको छ।

मन्त्रिपरिषदले पारित गरेको ३० बुँदे आचारसंहितामा मन्त्रीले मुख्यमन्त्री, सरकारका नीति, कार्यक्रम र बजेटको विरुद्धमा बोल्न नपाउने उल्लेख गरिएको छ । त्यस्तै कास्की बाहिर जाँदा पनि मुख्यमन्त्रीलाई जानकारी गराएरमात्र जानुपर्ने जनाइएको छ।

Advertisement

‘मन्त्रीले कास्की जिल्ला बाहिर जानु पर्दा वा विदेश भ्रमणमा जानु पूर्व मुख्यमन्त्रीको स्वीकृति लिनुपर्ने छ,’ आचारसंहितामा भनिएको छ। सरकारले अघिल्लो मन्त्रिपरिषदले बनाएको ३० बुँदे आचारसंहितालाई केही संशोधन गरी पारित गरेको हो।

मन्त्रिपरिषद वा मन्त्रिपरिषदका सदस्यका बीचमा भएको वा हुने कुनै पनि विवाद सञ्चारमाध्यममार्फत अभिव्यक्त गर्न नपाइने पनि आचारसंहितामा उल्लेख छ।

नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा गठन भएको ४ दलको गठबन्धनबाट गठित सरकारमा १ स्वतन्त्र सांसदसहित ३ दल सहभागी छन् । राष्ट्रिय जनमोर्चा पार्टी नीति अनुसार सरकारमा सहभागी छैन।

More News last news
Loading...