उत्तर कोरिया । देशभित्रका धेरै कुराहरु गोप्य राख्ने भएका कारण उत्तर कोरियाको चासो हरेक देशले राख्ने गर्छन्। यहाँका सर्वोच्च नेता किम जोङ उन आफैंमा रहस्यमयी छन्। त्यहीकारण, उनको स्वास्थलाई लिएर पनि अनेक अड्कल भइरहन्छ।
केही दिनअघि सार्वजनिक भएको तस्विरमा किम निकै कमजोर देखिएका थिए र उनको वजन कमजोर भएको दाबी समाचारहरुमा गरियो। उनका पछिल्ला तस्बिरहरु फेरि चर्चामा छन्।
एनके न्युजले किमका नयाँ तस्बिरहरु सार्वजनिक गरेको छ । जहाँ, किमको टाउकोमा एउटा दाग देखिएको छ। यो दाग के हो ? र, कसरी यस्तो भयो भन्ने खुलेको छैन । केही तस्बिरहरुमा यो दागलाई ब्यान्डेजले ढाकिएको देख्न सकिन्छ।
यो निशान चोटको हो या अन्य केही हो, तस्बिरबाटै पुष्टि गर्न सकिने अवस्था छैन। रिपोर्टअनुसार २४ देखि २७ जुलाईसम्म आयोजित एक सैनिक इभेन्टका दौरान यो फोटो लिइएको हो।
आमरुपमा किमको स्वास्थबारे उत्तर कोरियामा कुनै चर्चा हुँदैन र यससँग जोडिएका जानकारी पनि गोप्य रहन्छन् । तर अहिले उनको वजनलाई लिएर पनि चिन्ता गर्न थालिएको छ।
कोरियन पिपुल्स आर्मीका कमाण्डर र पुलिस अफिसरको वर्कशपमा किम पनि देखिएका थिए, जहाँ उनी पहिलेको दाँजोमा निकै पातलो देखिन्थे। यही कारण उनी बिरामी भएको अनुमान कतिपय सञ्चारमाध्यमले गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
