अमेरिकामा एक नेपालीको निधन, एनआरएनद्वारा दु:ख व्यक्त

काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका २८ वर्षीय नेपाली युवा विपिन लम्सालको निधन भएको छ।

२०१६ मा अमेरिका पुगेका पर्वत जिल्लाका लम्सालको गत जुलाई २७ तारिख मङ्गलबारका दिन अचानक निधन भएको हो।

Advertisement

घरमा नै रहेको समयमा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि नजिकैको एलमस्ट अस्पताल पुर्याइएको थियो। केही समयमा नै अस्पतालले लम्साललाई मृत घोषणा गर्यो।

सुन्दर भविष्यको कल्पनामा अमेरिका आएका युवा विपिन लम्सालको २८ वर्षकै उमेरमा असामयिक निधन भएको दुःखद् घटनाप्रति एनआरएनए अमेरिका परिवार मर्माहत भएको जनाउँदै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ।

अहिले स्वर्गीय लम्सालको शव अस्पतालमा नै रहेको छ। उनको शव नेपाल पठाइदिन लम्सालको परिवारले एनआरएनए अमेरिकालाई आग्रह गरिरहेको छ ।

More News last news
Loading...