काठमाडौँ । शीर्षक पढ्दा तपाइँ आश्चर्यमा पर्नुभयो होला तर यो सत्य हो। एक आमाले आफ्नो छोराको बिहे हुनै लाग्दा बेहुली आफ्नी छोरी भएको थाहा पाइन्।
यति हुँदाहुँदै पनि ती दुईको बिहे भयो। र, ती आमाले आफ्ना छोरालाई ज्वाइँ बनाइन्। कसैले कल्पना गर्न समेत नसक्ने यो आश्चर्यजनक घटना चीनको हो।
चीनमा आफ्नो छोराको बिहेको क्रममा बेहुलाकी आमाले बेहुलीको हातमा देखेपछि उनको होस उड्यो। ती आमा अचानक जोडजोडले रुन लागिन्। खासमा जुन जोडीको बिहे हुँदै थियो उनीहरु दाजुबहिनी भएको पाइयो।
जब आमाले बेहुलीको हातमा उनको जन्मको निशान देखिन त्यसपछि उनले चिनिहालिन्, ती बेहुली त उनकी छोरी थिइन्। यो घटना चीनको जियांग्सु प्रान्तको सोझेउको भएको बताइएको छ।
चीनको ओरिएन्टल डेलीलाई उद्धृत गर्दै डेलीस्टारले लेखेअनुसार यो विवाह गतवर्ष ३१ मार्चका दिन भइरहेको थियो। ती आमाले बेहुलीको हातमा रहेको जन्मको निशान देखेपछि उनका मातापिताको बारेमा सोधिन्।
सोधपुछ गर्दै जाँदा खुलासा भयो कि ती बेहुलीका मातापिताले उनलाई जन्म दिएका थिएनन्। २० वर्षअघि ती बालिकालाई उनीहरुले सडक किनारामा फेला पारेका थिए। त्यसपछि उनीहरुले ती बालिकालाई छोरी बनाएर हुर्काएका थिए।
यो खुलासासँगै ती बेहुली पनि रुन थालिन्। उनले थाहा पाइन् कि खासमा जुन युवकसँग उनको बिहे हुन लागेको थियो ती युवककी आमा नै उनलाई जन्माउने आमा थिइन्। तर, बिहेको यो कार्यक्रममा अझै अर्को ट्वीस्ट आउन बाँकी नै थियो ।
जुन खुलासाले यी दुईको हुन लागेको बिहे समेत नरोकिने भयो। खासमा ती युवककी आमाले पनि उनलाई जन्माएकी थिइनन्।
यी युवकलाई पनि ती आमाले सानैमा भेटेर छोरा बनाएर हुर्काएकी थिइन्। जैविक रुपमा दाजुबहिनी नभएकोले ती दुईको बिहेमा कुनै रोकटोक थिएन र बेहुलीकी जन्म दिने आमालाई पनि यो विवाहमा कुनै आपत्ति थिएन।
स्थानीय मिडियाका अनुसार २० वर्ष पहिले यी आमाकी छोरी हराएकी थिइन्। निकै खोज्दा पनि छोरी नभेटेकी ती महिलाले अर्का एक बालक फेला पारिन् र त्यही बालकलाई छोरा बनाएर हुर्काइन्। अन्ततः ती दुईको विवाह भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
