यो साता चम्किदैछ यी राशिको भाग्य, हेर्नुहोस् जेठ २३ देखि २९ गतेसम्मको साप्ताहिक राशिफल

आफ्नो भविष्यका बारेमा थाहा पाउने जो कोहीको चाहाना हुने गर्छ। ज्योतिषशास्त्रमा राशिफलले पनि तपाईको भविष्य बताउने गर्छ। यो हप्ता तपाईका लागि कस्तो रहला ? हेर्नुहोस् जेठ २३ गतेदेखि २९ सम्मको साप्ताहिक राशिफलः

मेष: जग्गा जमीन, माटोबाट आम्दानी हुनेछ । पुरानो लगानीको काममा सन्तुष्टि मिल्नेछ । साथिभाइको सहयोगले पुरानो कारोबार सुल्झिने छ । सवारी साधनमा जन खर्च हुनेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारूपना एवम ठुलाबडाको माया एवम सदभाव पाईनेछ । धनको कारोबार बढ्ने एवम आकश्मिक फाईदा मिल्नेछ । साताको अन्त्यमा भने स्थान परिवर्तन, भाइभाइमा मेलमिलाप एवम जिम्मेवारी थपिनाले कार्यभार बढ्नेछ । नयाँ काममा लगानी हुनेछ । खानपिनमा मनोरन्जनमा समय एवं खर्च बढी जानेछ ।

Advertisement

वृष: घरबाहिरको काममा आर्थिक हानि हुनेछ । आम्दानी भन्दा खर्च बढी हुनेछ । अनावश्यक झमेला थपिने, सरसामान हराउन सक्ने एवम यात्रामा ढिलासुस्ती हुनेछ । साताको मध्यमाभने मनोरञ्जनमा खर्च हुने एवं स्वास्थ्यमा भने समस्या आउनेछ । । नयाँ ठाउँको भ्रमण एवम निर्माणको काममा प्रगति देखिन्छ । साताको अन्त्यमा भने व्यापारमा फाईदा, विलासितामा मन जाने एवम पारिवारिक भेटघाट र मिष्ठान्न भोजनको योग रहको छ ।

मिथुन: कृषि एवं पशुचौपायाबाट धनार्जन हुनेछ । साझेदारी लगानीमा फाईदा मिल्नेछ । व्यापार बढ्नाले ऋणको भार कम हुनेछ । सुख सयलमा खर्च हुने एवम अरुबाट लाभ मिल्नेछ । साताको मध्यमाभने अचानक नोक्सानी एवम मिलेर धोका दिने अघि बढ्ने र शारीरिक समस्या आउनेछ । काममा आलोचना मिल्ने तथा शत्रुबाट भय हुनेछ । साताको अन्त्यमा भने काममा फाईदा एवम आँटेको काममा राम्रो खबर मिल्नेछ । वैदेशिक कामबाट धनकोे सहयोग हुनेछ ।

कर्कट: सरकारी काममा ढिला सुस्तीहुुनेछ । कृषि काममा प्रगति हुनेछ । हिड्डुलमा खर्च भए तापनि रोजगारीमा फाईदा मिल्नेछ । जिम्मेवारी थपिने एवम काममा प्रशंसा आउनेछ । कामको प्रगति देखेर अरुले ईष्र्या गर्नेछन् । साताको मध्यमा स्त्री धनको लाभ हुने, व्यापारमा बढी फाईदा हुने देखिन्छ । साताको अन्त्यमा भने विसञ्चो हुने एवम मन नलागी खर्च गर्नुपर्नेछ । पारिवारिक तनाव एवम हुन लागेको काममा बाधा आउने देखिन्छ ।

सिंह: अधुरा काम सुरु हुन थाल्नेछन् । अरुको काममा समय बढी बित्नाले घरायसी काममा बाधा हुनेछ । धार्मिक कार्यमा खर्च बढ्नेछ । काममा प्रगति एवम अरुको सहयोग मिल्नेछ । ठुलाबडाबाट आश्वासन पाईने एवम मनमा खुशी बढ्नेछ । नोकरीमा फाईदा मिल्ने एवम गरेको काममा अरुले बाधा गर्न सक्नेछन् । साताको अन्त्यमा भने आम्दानी राम्रो हुने, सन्तानबाट खुशी बढ्ने एवम मनोरञ्जनमा खुशी जानेछ । खर्च बढे तापनि पारिवारिक वैदेशिक धनको सहयोगले आफ्नो काम पुरा हुनेछ ।

कन्या: आफ्नो गल्तीेले काममा अपजस मिल्नेछ । साताको सुरुमा काममाअलमल, अनावश्यक खर्च एवम तनाव बढी हुनेछ । स्वास्थ्यमा समस्या देखिने एवम अरुले काम बिगार्न सक्नेछन् । मध्यमा भने अधुरा काम पुरा हुने, कृषिखाद्यान्नको काममा सफलता मिल्ने एवम धार्मिक रुचि बढ्नेछ । साताको अन्त्यमा भने पद प्रतिष्ठानमा वृद्धि , राजनैतिक सफलता एवम अरुको सहयोग मिल्नेछ । रोजगारीमा नयाँ जिम्मेवारी वहन गर्नुपर्ने सम्भाबना रहने एवं सरकारी क्षेत्रबाट फाइदा हुनेछ ।

तुला: पारिवारिक प्रेममा खुसियाली बढ्नेछ । माया प्रेममा प्रगति मिल्नेछ। वैवाहिक जीवनमा मेलमिलाप एबं आफन्तको सहयोग राम्रो मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ । साझेदारीमा फाईदा, प्रेममा प्रगति एवम यात्राको अवसर मिल्नेछ । साताको मध्यमा भने काममा झन्झट, आकस्मिक घाटा बेहोर्नु पर्नेछ काम विगार्नेहरु अगि सर्नेछन् । मिलेर धोका दिनेसंग सतर्क हुनु पर्नेछ । साताको अन्त्यमा भने काममा फाईदा मिल्ने, विदेशवाट सहयोग मिल्ने एवं भाग्यले साथदिने एवम खुशीको खबर आउनेछ ।

वृश्चिक: नयाँ योजनाको काममा खर्च बढी आउनेछ । स्वास्थ्यमा सुधार आउनेछ । मित्रजनको धनको सहयोग मिल्नेछ । विरोधीहरुसंगको विवाद टुगिंनेछ । पैतृक धनको विवादमा पारिवारिक मेलमिलाप बढ्नेछ । वैवाहिक कुराले स्थान पाउनेछ। साभेदारी लगानीमा प्रगति मिल्नेछ । नयाँ ठाउँमा नयाँ मित्रता बन्ने एवम व्यवसायमा राम्रै प्रगति मिल्नेछ । साताको अन्त्यमा भने आलोचना हुने, काममा अपजस मिल्ने एवम नराम्रो खबर आउन सक्नेछ । काममा घाटा हुने हुनाले तनाव बढ्नेछ ।

धनु: सृजनात्मक काममा रुचि जानेछ। कला संगीत एवं आध्यात्मिक क्षेत्रमा संलग्नता बढ्नेछ । अध्ययनमा सफलता मिल्नेछ । सन्तानको सहयोग पाईनेछ । आम्दानीमा वृद्धि एवम स्वास्थ्यमा सुधार हुनेछ । साताको मध्यमाभने साथीभाइसँग रमाइलो हुनेछ ।सामुहिक खान पिनमा खर्च बढेपनि साझेदारी कामबाट फाइदा मिल्नेछ । नयाँ ठाउँमा लगानी हुनेछ । साताको अन्त्यमा भने दाम्पत्य सुख मिल्ने, पतिपत्नीबीच मेलमिलाप हुने एवम विदेश यात्राको योग बन्नेछ ।

मकर: आपसी तनावमा फाइदा अरुलाइ मिल्नेछ । घरायसी धनको मामिलामा परिनेछ । स्वास्थ्यमा अचानक बाधा एवम चिन्ता बढ्ने देखिन्छ । साताको मध्यमा भने परोपकार र सामाजिक कार्यमा रुचि एवम मनोरञ्जनमा दिन बित्नेछ । अध्ययन एवं शैक्षिक गतिविधि बढ्नेछ । आम्दानी सामान्य बढ्नेछ । प्राविधिक काममा राम्रो धनार्जन हुनेछ । स्वास्थ्यमा प्रगति हुने एवम खेलकुदमा रुचिजाने देखिन्छ । अचानक मित्रबाट फाईदा हुने योग रहेको छ ।

कुम्भ: ठुलाबडाको सल्लाहले काममा रुचि बढ्नेछ। उत्साह बढ्नाले नयाँ काममा प्रगति हुनेछ । दाजुभाइ र मित्रको साथ मिल्नाले आर्थिक तनाव हट्नेछ । कृषिकाममा आर्थिक फाइदा एवं छोटो यात्रा हुनेछ । माइतीमावलीको सहयोग मिल्नेछ । पराक्रम बढ्ने, काम फटाफट हुने देखिन्छ । साताको मध्यमा भने अनावश्यक किचलो एवम स्वास्थ्यमा समस्या आउनेछ । अन्त्यमा भने व्यवसायमा प्रगति प्रेममा प्रगति एवम धन माल जोडिने योग रहेको छ ।

मीन: आफन्तसँग भेटघाट एवं धनको सहयोग मिल्नेछ। बोलीको प्रभावले महत्वपूर्ण कामहात पर्नेछ । धनको कारोबार बढ्नाले पुरानो कारोवारको तनाव सकिनेछ । । सानो एवं महत्व पूर्ण यात्रा हुनेछ । दाजुभाइसँगको सम्बन्धमा सुधार आउनेछ । मनोरन्जनमा खर्च बढ्ने एवं यात्रामा तनाव हुनेछ । साताको अन्त्यमा भने सवारी साधनको तनाव आउनेछ । सानो कुरामा पारिवारिक झगडा, मानसिक अशान्ति एवम काममा अवरोध आउनेछ ।

More News last news
Loading...