टोकियो । जापानको गुन्मा केनमा एक नेपाली युवाको सुतेकै अवस्थामा ज्यान गएको छ । जापानको गुन्मा केनको माएबासीमा बस्दै गरेका ३५ वर्षीय नेपाली झलकबहादुर गुरुङको सुतेकै अवस्थामा ज्यान गएको हो।
नेपालको लमजुङ जिल्ला स्थायी घर भएको उनी पोखरा बस्दै आएका थिए। परिवारमा बुवाआमासहित श्रीमती र एक छोरी रहेका छन्। चार वर्षअघि गुरुङ विशेष दक्षता शिप अन्तर्गत कुक भिषामा जापान आएका थिए।
मे २४ तारिखका दिन सोमबार दिनमा काम गरेर फर्केका गुरुङले साँझ नेपालस्थित परिवारसँग भिडियो कुराकानी समेत गरेका थिए।
साँझ खाना खाएर सामान्य अवस्थामै सुतेका गुरुङलाई बिहान सुतिरहेको अवस्थामा मृत्यु भएको भेटिएको उनका आफन्तलाई उदृत गर्दै जापानस्थित नेपाली दूतावासले जनाएको छ ।
पोष्टमार्टम रिपोर्टमा हृदयघातबाट गुरुङको निधन भएको जनाइएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
