काठमाडौँ । न्यूजिल्याण्डमा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। शुक्रबार बिहानै तीन वटा शक्तिशाली धक्का गएका थिए। जसमा सबैभन्दा ठूलो धक्का ७.२ रेक्टर स्केलको थियो।
तेस्रो धक्कापछि सुनामीको खतरा भएको बताइएको थियो। भूकम्पको केन्द्रविन्दु जिस्बन शहरबाट करिब १ सय ७८ किलोमिटर टाढाको जमिनको गहिराइमा परेको जनाएको छ।
उत्तरी क्षेत्रका टापुहरुको तटीय क्षेत्रमा सुनामीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरिएको त्यहाँको सरकारले जनाएको छ।
राष्ट्रिय आपतकालीन एजेन्सीले पूर्वी तटमा सुनामीको खतरा रहेको भन्दै सुरक्षित रहन सर्वसाधारणलाई अपील समेत गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
