जीवन साथी, जस्तै पो बन्यो, हातको मोवाईल्

कविता

“मोवाईल-महात्म्य”

Advertisement

फोन र घडी, र गीत सुन्ने, काम छ मोवाईल् ।
जोड र घटाउ, र डिस-नेरी, पनि हो मोवाईल् ।।
डाईरेक्ट्री भनुँ, या फोटोसप, क्यामेरा मोवाईल् ।
रेडियो तथा, भिडियो सँगै, ब्लू-तुथ मोवाईल् ।।१।।

भाईवर, म्यासेज् र म्यासेन्जर, पनि हो मोवाईल् ।
या फेसवुक, ट्विटर इष्टा-ग्राम हो मोवाईल् ।।
भ्वाईस रेकर्ड, ग्यालरी फोटो, गर्दछ मोवाईल् ।।
युट्यूव अनि, टिक्टक पनि, चलेछ मोवाइल् ।।२।।

पात्रो र राशि-फलका साथै, लाईट मोवाईल् ।
बैकको काम, एटिएम समेत्, सपिङ मोवाईल् ।।
शेयर बजार् सूचना बजार, आवाज मोवाईल् ।
डाक्टरी काम, एपले गर्ने, तेस्तो छ मोवाईल् ।।३।।

ईण्टर नेट, एकलो साथ, बनेको मोवाईल् ।
टी.भी.र सी.डी, र कैले काँही, एैना हो मोवाईल् ।।
स्क्यान मेशिन्, र कम्प्यु-टर आलाराम् मोवाईल् ।
ईमेल सिमेल्, जी मेल चल्ने, जिनेस मोवाईल् ।। ४।।

कसैको घर, फोर्नमा पनि, साथ छ मोवाईल् ।
कसैको घर, जोर्नमा पनि, साथ छ मोवाईल् ।।
प्रेमील शव्द, रिसको झोक, खप्दछ मोवाईल्
विर्से छ वरु, खानको छाक, विर्सेन मोवाईल् ।।५।।
हजुर
जीवन साथी, जस्तै पो बन्यो, हातको मोवाईल् ।।

कवि नारायण प्रसाद बराल
पोखरा, कास्की ।

More News last news
Loading...