काठमाडौँ । म्यान्मारको सेनाले देशलाई आफ्नो नियन्त्रणमा लिएको पुष्टि गरेको छ। नेत्री आङ सान सूची लगायतका नेताहरूलाई पक्राउ गरको केही घण्टापछि सेनाले उक्त जानकारी दिएको हो।
नागरिक सरकार र सेनाबीच हालैको चुनावलाई लिएर उत्पन्न विवादकाबीच सैनिक कूको खबर आएको छ। सेनाको टेलिभिजनले एक वर्षका लागि सङ्कटकाल घोषणा गरिएको जनाएको छ।
सडकमा सेना तैनाथ
सन् २०११ मा प्रजातान्त्रिक सुधारअघिसम्म बर्मा भनेर परिचित म्यान्मारमा सेनाले शासन गर्दै आएको थियो। गत नोभेम्बर महिनामा भएको चुनावमा सूचीको पार्टी न्याश्नल लीग फर डेमोक्रेसी (एनएलडी) ले सरकार गठन गर्ने बहमुत प्राप्त गरेको थियो। सेनाले उक्त चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको छ।
नयाँ निर्वाचित तल्लो सदनको पहिलो बैठक पहिलो बैठक नै आज (सोमबार) बस्ने योजना थियो। तर सेनाले उक्त बैठक अहिलेलाई स्थगित गर्न माग गर्दै आएको थियो। बीबीसीका अनुसार राजधानी र मुख्य सहर यान्गुनका गल्लीहरूमा सेनाहरूको उपस्थिति देखिएको बताएका छन्। बीबीसी
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सूची सेनाद्वारा ‘गिरफ्तार’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
