परराष्ट्रमन्त्रीको भारत भ्रमणले नेपालको स्वाभिमान झुक्यो, कुटनीति झन् कमजोर बन्योः भीम रावल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणले नेपालको स्वाभिमानलाई झुकाउने र नेपालको कुटनीतिलाई कमजोर बनाउने बाहेक अन्य केही पनि उपलब्धि नभएको टिप्पणी गरेका छन्।

भारतसँगको सिमा विवाद समाधानको लागि नेपालका राजनीतिक दलहरु एकमत रहेको र सरकारलाई पूरा साथ दिएको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर कदम नचालेको पनि उनको टिप्पणी छ। भारत भ्रमणको क्रममा मन्त्री ज्ञवालीले सिमा विवादको बारेमा एक शब्द पनि उच्चारण नगरेको रावलको दाबी छ।

Advertisement

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । वर्तमान प्रधानमन्त्री ओली र मन्त्री ज्ञवालीले अनैतिक कुटनीति गरिरहेको पनि उनको आरोप छ।

More News last news
Loading...