धन कमाउन जापान गएका पोखराका युवकको हृदयघातबाट मृत्यु

ज्याक खड्का

टोकियो, जापान । नेपाल कास्की जिल्ला पोखरा सरागंकोट घर भएका सन्दिप तुलाचनको जापानमा असामयिक निधन भएको छ।

Advertisement

परिवार सहित खाना खाएर राम्रोसँग सुतेका सन्दिप बिहान ३:३० बजेको समयमा अचेत पाइएका थिए। छट्पटाएको अवस्थामा सन्दिपलाई श्रीमतीले ओछ्यानमा पाएपछि खस्पताल लगिएको थियो।

सन्दिपलाई उनकी श्रमतीले तत्काल एम्बुलेन्समा राखेर अस्पताल लगेको भएपनि जनवरी १० तारिख आईतबार अर्थात् आज बिहान ५ बजेर १० मिनेट जाँदा उनको निधन भएको थकाली सेवा समिति जापानका अध्यक्ष बुद्धी गौचनले हामीलाई जानकारी दिए।

३५ र्वाीय तुलाचनको मृत्यु हृदयघातका कारण भएको चिकित्सकहरुले बताएका छन्।

कुक भिषामा १२ बर्ष अघि जापान आएका सन्दिप श्रीमती सहित जापानमा बस्दै आएका थिए। सन्दिपको नेपाल घरमा आमा मात्र छन् ।

यसैबिच सन्दिपको जापानमा नै दाहसंस्कार गरिने भएको छ। अध्यक्ष गौचनका अनुसार आगामी १८ तारिखका दिन खावासाकीमा रहेको एक शव दाहगृहमा दाहसंस्कार गर्ने तयारी छ।

शवदाह गर्न स्थान अभावका कारण हप्तादिनपछि मात्र गरिने भएको गौचनले जानकारी दिए।

जापानमा बागलुङका ३८ बर्षिय युवाको असामयिक निधन

स्मरणिय छ हिजो मात्र जापानको सिजुओखा प्रिफेक्चरमा नेपाल बागलुङ जिल्ला गलकोट नगरपालिका घर भएका ३८ बर्षिय पुर्ण बहादुर खत्रीको ब्रेन हेम्रेजका कारण उपचारकै क्रममा अल्पायुमै निधन भएको थियो ।

More News last news
Loading...