एजेन्सी । ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट १२ घन्टालाई बन्द गरिदिएको छ।
बुधबार राष्ट्रपति ट्रम्पले संसद भवनभित्र छिरेका हुलदंगाकारीको भिडिओ ट्वीटरमा पोष्ट गरेलगत्तै सोसियल भ्वाइलेन्सलाई प्रवर्द्धन गर्न खोजेको भन्दै ट्वीटरले ट्रम्पको ह्यान्डल लक गरेको हो।
फेरि आफूले जितेको चुनाव खोसिएपछि यस्ता प्रदर्शन हुनु स्वाभाविक भएको उल्लेख गर्दै ट्रम्पले भिडियो पोष्ट गरेपछि ट्वीटरले आफ्नो कम्पनीको नियमविपरीत भएको जनाउँदै ट्रम्पको ह्यान्डल लक गरेको हो।
ट्वीटरमा ट्रम्पका ८ करोड ८७ लाख फ्लोअर्स छन्।
बुधबार डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको जित घोषणा गर्न संसद बसेका बेला ट्रम्पका समर्थक सुरक्षा घेरा तोड्दै संसद भवनमा छिरेर आक्रमण गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
