भारतीय च्यानल रिपब्लिक टीभीका सीईओ पक्राउ

काठमाडौँ । मुम्बई प्रहरीले आइतबार रिपब्लिक टीभीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास खनचंदानीलाई कथित टीआरपी घोटाला प्रकरणको सम्बन्धमा पक्राउ गरेको छ।

मुम्बईका ज्वाइन्ट कमिस्नर अफ प्रहरीका मिलिंद भरांभेले रिपब्लिक टीभीका सीईओ खनचंदानी पक्राउ परेको पुष्टि गरेका हुन्।

Advertisement

खनचंदानीलाई आइतबार नै अदालतमा उपस्थित गराइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनलाई पहिले पनि यस प्रकरणमा दुई सोधपुछ गरिसकिएको छ।

अपराध शाखाको जाँचमा केही केबल अपरेटर्सले दुई वटा ल्याण्डिङ च्यानल नम्बर प्रविधि (एलसीएन) को प्रयोग गरिरहेको पत्ता लागेको थियो। यस प्रविधिबाट एउटै च्यानल दुई च्यानल नम्बरमा देख्न सकिन्थ्यो।

खनचंदानी पक्राउ परेको विषयलाई लिएर रिपब्लिक टीभीले आलोचना गरेको छ।

More News last news
Loading...