ब्रसेल्स । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, (एनआरएनए) बेल्जियमको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ।
विश्वभरमध्ये नै बलियो मानिएको गैर आवासीय नेपाली संघ, बेल्जियमको भर्खरै सम्पन्न बार्षिक साधार सभामा डायस्पोराका एनआरएन अग्रज अभियन्ताहरूको जमघट भर्चुअल रूपमा भएको थियो।
साधारण सभाको प्रमुख अथिती नेपाली दुतावास ब्रसेल्सका उपनियोग प्रमुख सुधीर भट्टराई, बिशिष्ठ अथितीहरु एनआरएनए आईसीसी केन्द्रीय अध्यक्ष कुमार पन्त, केन्द्रीय उपाध्यक्ष डा।बद्री के सी, अर्जुन कुमार श्रेष्ठ, केन्द्रीय महिला उपाध्यक्ष रबिना थापा, केन्द्रीय महासचिब डा. हेमराज शर्मा, केन्द्रीय कोषाध्यक्ष महेश श्रेष्ठ, केन्द्रीय सहकोषाध्यक्ष लोक प्रसाद दाहाल, आईसीसी सल्लाहाकार कुल आचार्य, युरोप संयोजक नारायण आचार्य रहेका थिए।
एनआरएनए आईसीसी केन्द्रीय सदस्यहरु, एनआरएनए एनसीसी बेल्जियम संस्थापक अध्यक्ष तथा संरक्षक रबिन्द्र मान श्रेष्ठ, एनसीसी बेल्जियमका पूर्व अध्यक्ष तथा संरक्षकहरु, एनसीसी बेल्जियमका पदाधिकारी साथीहरु, एनसीसी बेल्जियमका सल्लाहाकार, बिभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु, पत्रकार, गैर आवासीय नेपाली संघका पंजीकृत सहभागीता ब्यापक सहभागिता रहेको थियो।
विश्वभरका राष्ट्रिय समन्वय परिषदहरू मध्ये उत्कृष्ठ मध्यमा पर्ने एनसीसी बेल्जियमको सफलताको शुभकामना दिदै बर्तमान कार्यसमितीले निकै लोकप्रिय कार्यहरु जस्तै नेपालीहरूको अनिवार्य बिमासम्झौता जस्ता कार्य शुरु गरेको जनाउँदै भविश्यमा पनि राम्रा कामहरु गर्न प्रेरित गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
