सुडानका पूर्वप्रधानमन्त्री मेहदीको कोरोना सङ्क्रमणपछि मृत्यु

एजेन्सी । सुडानका पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी दलका वरिष्ठ नेता सादिक अल मेहदीको निधन भएको छ। कोरोना संक्रमित ८४ वर्षीय मेहदीको बिहिबार निधन भएको हो।

मेहदी सुडानमा प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित अन्तिम प्रधानमन्त्री थिए।

Advertisement

उनलाई केही महिना पहिले इस्लामिक धार्मिक समूहद्वारा समर्थन रहेको सैन्य विद्रोहमार्फत पदच्युत गरिएका तत्कालिन राष्ट्रपति ओमार अल बसिरले सन् १९८९ मा वर्खास्त गरेका थिए।

त्यसपछि सुडानको राजनीतिमा प्रजातान्त्रिक मूल्य र मान्यताका लागि उनी निरन्तर आवाज उठाउँदै आएका थिए।

तीन हप्ता पहिले सुडानमा कोभिड सङ्क्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि यूनाइटेड अरब इमिरेट्स पठाइएको थियो।

मेहदीको पार्टीद्वारा आफ्ना नेताको मृत्युप्रति दुःख व्यक्त गर्दै जारी विज्ञप्तिमा भनिएको छ, ‘नेता मेहदीको मृत्युका कारण शोकमा परेका सुडानी जनताप्रति हाम्रो समवेदना छ।’

मेहदीले बसिरको शासनकालमा एक सशक्त प्रतिपक्षी नेताका रूपमा सुडानमा प्रजातान्त्रिक राजनीतिक अभ्यासका लागि सङ्घर्ष गरेका थिए।

सुडानमा अहिलेसम्म १७ हजार व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। त्यसमध्ये एक हजार २०० व्यक्तिको मृत्यु भएको छ।

More News last news
Loading...