काठमाडौँ । नेपाल र भारतमा हिन्दू धर्मका लाखौं अनुयायी छन्। विश्वभरमा हिन्दू धर्मका एक अरब भन्दा धेरै अनुयायीहरू छन् । यो भनेको विश्व जनसङ्ख्याको करीब १५५ हो।
हिन्दू धर्म मान्नेमध्ये अधिकांश दक्षिण एसियामा (करीब ९८५) रहेका छन्। विश्वमा हेर्ने हो भने इसाई (३२५), इस्लाम (२३५) र बुद्ध (७५) धर्मसँगै हिन्दू धर्म संसारमा सबैभन्दा धेरै मानिने चार धर्ममध्ये एक हो।
कैयन् देशमा हिन्दूको संख्या निकै न्यून रुपमा छ। तर, विश्वमा हिन्दू बाहुल्य जनसङ्ख्या हुने देश नेपाल, भारत र मौरिसस हुन्।
पूर्वी अफ्रिकामा पर्ने मौरिसस क्षेत्रफलका हिसाबले सानो देश हो। नेपालमा राष्ट्रिय जनसंख्याको ८१ प्रतिशत अथवा २ करोड ३० लाख हिन्दू जनसंख्या छ भने भारतमा राष्ट्रिय जनसंख्याको ८० प्रतिशत अथवा १ अर्ब ३ करोड जति हिन्दू धर्मावलम्बी छन्।
साथै मौरिससमा राष्ट्रिय जनसंख्याको ५२ प्रतिशत अथवा करीब ६ लाख हिन्दू धर्मावलम्बीहरू छन्।
अर्को छिमेकी देश बंगलादेशमा करीब १ करोड ४५ लाख जति हिन्दू छन् भने इन्डोनेसियामा करीब ४२ लाख हिन्दूहरू रहेका छन्।
पाकिस्तानमा ३६ लाख, श्रीलंकामा २५ लाख, अमेरिकामा २२ लाख, अलेसियामा १९ लाख, म्यान्मारमा ९ लाख, बेलायतमा ८ लाख हिन्दूहरू छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
