फिलिपिन्समा शक्तिशाली आँधी, १० को मृत्यु, हजारौँ विस्थापित

एजेन्सी । फिलिपिन्समा यस वर्षकै सबैभन्दा शक्तिशाली आँधी ‘गोनी’का कारण कम्तीमा दश जनाको मृत्यु भएको छ । कयौँ घाइते भएका छन् भने हजारौं मानिस विस्थापित भएका छन्।

आँधीका कारण मृत्यु हुनेको संख्या बढ्नसक्ने जनाइएको छ। बीबीसीका अनुसार आँधीका कारण कैयौं घरहरू ध्वस्त भएका छन् भने दर्जनौं सडकहरू अवरुद्ध बनेका छन्।

Advertisement

स्थानीय समयअनुसार आइतबार बिहान ४ः५० बजे गोनी आँधीले काटानडुनेस टापुमा भारी वर्षा गराएको हो। आँधी यस साताको अन्त्यतिर राजधानी मनिला रहेको लुजोन टापुबाट बाहिरिने बताइएको छ।

अधिकारीहरूले गोनी आँधीसँगैको वर्षाका कारण थप क्षति पुग्ने जनाएका छन्।

बीबीसीका अनुसार गोनी आँधीका कारण काटानडुनेस टापुको सहर भिराक सम्पर्कविहीन भएको छ। उक्त शहरमा ७० हजारले बसोबास गर्दै आएका छन्।

२ सय २५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण अत्याधिक वर्षा भएको छ।

More News last news
Loading...