बङ्गलादेशमा कोरोनाबाट ५ हजार ९ सय बढीको मृत्यु

एजेन्सी । बङ्गलादेशमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या ४ लाख ७ हजार ६८४ पुगेको यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले शनिबार जानकारी गराएको छ।

विगत २४ घण्टामा बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमित हुनेको थप सङ्ख्या एक हजार ३२० रहेको र १८ जनाको मृत्यु भएको जनाइएको छ।

Advertisement

सरकारी तथ्याङ्क अनुसार बङ्लादेशमा पछिल्लो २४ घण्टामा कूल ११ हजार ५३२ कोभिड–१९ को नमूना परीक्षण भएको छ।

यहाँ अहिलेसम्म कोभिड–१९ सङ्क्रमण भई निको भएका विरामीको सङ्ख्या तीन लाख २४ हजार १४५ पुगेको छ। शनिबार कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ४४२ रहेको महानिर्देशनालयले जनाएको छ।

बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितमध्ये मृत्युदर १.४५ प्रतिशत रहेको छ भन् ७९।५१ प्रतिशत सङ्क्रमणमुक्त भएका छन्।

बङ्गलादेशमा जुलाई २ मा सबैभन्दा बढी चार हजार १९ व्यक्ति सङ्क्रमित भएका थिए भने सबैभन्दा बढी मृत्यु जुलाई ३० मा ६४ जनाको भएको थियो।

More News last news
Loading...