काठमाडौँ । बेलायतमा कोरोना नियन्त्रण सम्बन्धि नियम उल्लङ्घन गरेको आरोपमा एक जना नयाँ बेहुलीलाई १३ हजार डलर जरिवाना भराइएको छ।
बेलायती प्रहरीले दक्षिण लण्डनमा एक नयाँ बेहुलीलाई १३ हजार अमेरिकी डलर जरिवाना गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ।
प्रहरीले विवाहमा सहभागी झण्डै दुईसय पाहुनालाई नियम उल्लङ्घन गरी विवाहमा सम्लग्न भएको भन्दै घर फिर्ता गरिदिएको खबरमा उल्लेख छ।
विवाहमा निम्ता दिएकी ती महिलालाई प्रहरीले पक्राउ गरी १३ हजार अमेरिकी जरिवानासम्म तिर्नेगरी धरौटीमा रिहा गरेको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
