भियतनाम : पहिरोले पुरिएर ११ सैनिकसहित ७० जनाको मृत्यु

काठमाडौँ । भियतनाममा पहिरोमा पुरिएर ११ जना सैनिकको मृत्यु भएको छ। सैन्य स्टेशनको ब्यारेकमा पहिरोले २२ सैनिकलाई पुरेकोमा ११ जनाको मात्र शव फेला परेको हो। पहिरोले पुरिएका ११ जना बेपत्ता भएका छन्।

एक सातादेखि परेको भारी वर्षाका कारण पहिरोमा परेर ७० जनाको मृत्यु भइसकेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । त्यसमध्ये ११ को शव फेला परेको बताइएको छ।

Advertisement

सेनाका जनरल स्टाफका चीफ लेफ्टिनेन्ट जनरल फान भान ग्यानले त्यस क्षेत्रमा अझ पहिरो जानसक्ने चेतावनी दिँदै उद्धारकर्मीहरूले त्यस ठाउँमा पहुँचका लागि सुरक्षित मार्ग खोज्नुपर्ने बताएका छन् ।

More News last news
Loading...