राहत प्याकेजबारेको वार्ता अन्त्य गर्ने ट्रम्पको घोषणाले निम्त्याएको हलचल

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड-१९ ले थलिएको अर्थतन्त्रलाई राहत दिने प्याकेजबारेको छलफल हाललाई अन्त्य गर्न लागेको बताएका छन्। उनले चुनावपछि मात्र त्यो पुन: थालिने बताए। विपक्षी दलले त्यसको आलोचना गरेका छन्।

ट्रम्पले प्याकेजबारे तल्लो सदनको छलफल आउँदो चुनावपछिसम्मको निम्ति स्थगित गर्न लागेको बताएपछि तरङ्ग देखा परेको छ। उनले राज्य र स्थानीय सरकारहरूका निम्ति डेमोक्र्याटहरूको आर्थिक मागलाई त्यसको कारणको रूपमा प्रस्तुत गरेका छन्।

Advertisement

अङ्कको खेल

ट्रम्पले भनेका छन्, “नोभेम्बर महिनामा हुने चुनाव मैले जित्ने बित्तिकै कडा मेहनत गर्ने अमेरिकीहरू लक्षित राहत कानुन पारित गरिने छ।” उक्त घोषणाले सहमतिको प्रयासमा धक्का पुर्‍याएको देखिन्छ तर अर्थतन्त्रलाई कति राहत आवश्यक छ भन्नेबारे छलफल चलिरहेको छ।

डेमोक्र्याट समाभुख र अर्थमन्त्रीबीच बजेटसम्बन्धी वार्ता जारी छ। सभामुख पेलोसीले २० खर्ब डलरको सहायता प्याकेजमा जोड दिएकी छन्।

रिपब्लिकन सिनेटरहरूले त्यसको आधाभन्दा बढी रकमको प्याकेजमा समर्थन नगर्ने सङ्केत दिएका छन्। ट्रम्पले डेमोक्र्याट सभामुख न्यान्सी पेलोसीमाथि सहमतिको उचित प्रयास नगरेको आरोप लगाउँदै आफ्नो समूहलाई वार्ता अन्त्य गर्न आग्रह गरेका छन्।

कीर्तिमानी घाटा

तर पेलोसीले राष्ट्रपतिले देशभन्दा आफूलाई प्राथमिकतामा राखेको बताउँदै त्यसको प्रतिवाद गरेकी छन्। बीबीसीकी बारबरा प्लेट असर भन्छिन्, “पेलोसीले राष्ट्पतिमाथि देशको मूल्यमा आफूलाई पहिलो स्थानमा राखेको आरोप लगाइन्।

तर पछिल्लो कदमका पछाडिको राजनीतिक तर्कबारे बुझ्न टिप्पणीकारहरूलाई हम्मे हम्मे परिरहेको छ। ट्रम्पका चुनावी प्रतिस्पर्धी डेमोक्र्याट नेता जो बाइडनले अमेरिकी जनताका अघि पिठयूँ फर्काएको बताए।

More News last news
Loading...