लण्डन । गैरआवासीय नेपाली संघको मुख्य आयोजना र नेपाल सरकारको सह–आयोजनामा यही अक्टोबर ९ देखि ११ सम्म (तीन दिन) दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलनको आयोजना हुने भएको छ।
विदेशमा सिकेका ज्ञान सीप र प्रविधिलाई मातृभूमि नेपालको आर्थिक सामाजिक र दिगो विकासका लागि अधिकतम सदुपयोग गर्ने मुख्य उद्देश्यका साथ एनआरएनएले कार्यक्रम आयोजना गरेको हो।
आयोजना गर्न लागिएको सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यतालिका छ ।
सम्मेलनमा नेपाल सरकारका उच्च प्रतिनिधी र २५ भन्दा बढी देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३०० भन्दा बढी प्रस्तोताहरु सहभागी हुनेछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
