कविता – ‘गाउँको याद आयो, घरको याद आयो’ – अनिल खनाल

कविता

‘गाउँको याद आयो’

Advertisement

गाउँको याद आयो मलाइ, घरको याद आयो
घरैनिर पिपल, समी-बरको याद आयो
सुनसान होला मबिना त मेरो आगनी
कहिले टेक्न पाउँला भनी अत्यास लागनी
मेरा प्यारा बा-आमाको चर्को याद आयो
गाउँको याद आयो मलाइ घरको याद आयो ।।

डाँडापाखा पखेरिमा मेलापात पँधेरिमा
संगै हुने उजेलिमा संगै हुने अँधेरिमा
बालापनकै साथी भाइको चर्को याद आयो
गाउँको याद आयो मलाइ घरको याद आयो ।।

फूल पनि फुले होलान् धान पनि झुलेहोलान्
यो परदेशी आएन भनी कतिले त भुले होलान्
जाडो हुँदा ओडाइदिने फूलमायाँको बर्को याद आयो
गाउँको याद आयो मलाइ घरको याद आयो ।।

सम्झेकोछु मनैदेखी गाउँका सबैलाई
म जन्मेको प्यारो जन्म ठाउँका सबैलाई
कापी कलम बोकि स्कुल गको याद आयो
गाउँको याद आयो मलाइ घरको याद आयो ।।

करिमैले धकेलेर परदेश पठायो
परदेशिले सम्झिएर मुटु कटायो
मलाइ कख सिकाउने सरको याद आयो
गाउँको याद आयो मलाइ घरको याद आयो ।।

यसपालीत फर्किन्छ है यो परदेशी घर
आफ्नो देशलाइ नछोड्ने गरि जीवनभर
तिर्खा लाग्दा मुलको पानी चर्को याद आयो ।
गाउँको याद आयो मलाइ घरको याद आयो
घरैनिर पिपल स्वामी बरको याद आयो ।।

More News last news
Loading...