कविता – “पैसा पुराण” 

“पैसा पुराण” 

पैसो छ एकै, तर काम धेरै ।
छ काम रित्कै,पनिनाम धेरै ।।
गरिन्छकाम !, जव हुन्छ पैसा ।
त्यसै प्रकारै, चिनिईन्छ पैसा ।।१।।

Advertisement

विल
जोडिन्छ विद्यूत् अनिफोन पानी,
जोडे र मिटर्, विल उठ्छ नानी ।।
त्यो विऽलतिर्दा, तर लाग्छ पैसा ।
त्यै तिर्न जान्छौँ, विल बन्छ पैसा ।।२।।

फिस
पैले त पढ्थ्यौ, गइ पाठशाला ।
ऐले पढायौ, गइ पाठशाला ।।
पढ्दै छ बच्चा, तर लाग्छ पैसा ।
त्योखर्चतिर्दा, फिस बन्छ पैसा ।।३।।

जेला
गर्दादिनैका, दिनकामज्यामी।
कामैगरेरै, दिन जान्छनानी ।।
पर्दो छ पैसो, जवहात फेला ।
मिल्दो छ पैसो, तर नाम जेला ।।४।।

दान
मन्दिर जान्छु, पनि दिन्छु पैसा ।
भेटे पुजारी, पनि दिन्छु पैसा ।।
भेटे कुमारी, पनिहुन्छ मान ।
हो खर्च पैसा, तर नामदान ।।५।।

भेटी
जन्मन्छ मान्छे, खुश हुन्छ मान्छे ।
मरेर जाँदा, दुख हुन्छ मान्छे ।।
त्याँ भेट्न जाँदा, फलफूल भेटी ।
दिए रुपैंयाँ, तर नाम भेटी ।।६।।

अर्को छ भेटी, भनिए छ नाम ।
हो एकअर्को, पनि पुण्यदान ।।
राखिन्छ मन्दिर्,पनिपात्र भेटी।
त्याँ दिन्छु पैसा,हुन जान्छ भेटी ।।७।।

टीप्स
गईन्छ होटल्, पनिबास बस्न ।
याकार बस्मा, पनि टाप कस्न ।।
म तिर्छु लागत्, अनि दिन्छु टिप्स ।
म दिन्छु पैसा, तर नाम टीप्स ।।८।।

भीख
घुम्छन् भिखारी, तव दिन्छु भीख ।
आए तजोगी, पनि दिन्छु भीख ।।
जिन्सी र पैसो, पनि हुन्छ भीख ।।
दिईन्छ पैसो, तर नामभीख ।।९।।

चन्दा
छ नाम संस्था, तर लिन्छ चन्दा ।
छ नामचन्दा, तर कामधन्दा ।।
सुल्दा असुल्दा, पनि हुन्छ चन्दा ।
म दिन्छु पैसो, तर नामचन्दा ।।१०।।

मूल्य
किनिन्छ बस्तु !, जवमूल्यबोल्छ ।
त्यै बस्तु बेच्दा, पनिमूल्यबोल्छ ।।।
पैसो छ लिन्दिन्, सम—तुल्य हुन्छ ।
ह्यानाम पैसो, अवमूल्य हुन्छ ।। ११।।

पूँजी
उध्योग गर्दा, पनि लाग्छ पैसा ।
विकाशगर्दा, पनि लाग्छ पैसा ।।
भन्छन्लगानी, तर हुन्छ पैसा ।
छ नामपूँजी, तर खर्च पैसा ।।१२।।

ऋण
पैसा नपुग्दा, पनिऋण लिन्छन् ।
हुँदा त पैसा, पनिऋण दिन्छन् ।।
पैंचो र सापट्, पनि बन्छ पैसा ।
हो नाम ऋण्को, तर खर्च पैसा ।।१३।।

धन
निकै छ प्यारो, धनशव्दप्यारा ।
प्यारो न लाग्ने, कुन हुन्छ प्यारा ।।
संकेत धेरै, धनमानप्यारा ।
हो मुख्य पैसो, धननामप्यारा ।।१४।।

घूस
जो दिन्छ पैसो, छुपछाप काम ।
लिएर पैसो, गरि दिन्छ काम ।।
अवैध हुन्छ, तर लिन्छ घूस ।
दिईन्छ पैसा, तर नाम घूस ।।१५।।

कर
पैसा कमाए, कर तिर्नु पर्छ ।
धन्मालजोड्दा, कर तिर्नु पर्छ ।
हो तिर्नु पर्छ !, कर लाग्छ तिर्न ।
ह्या लाग्छ पैसो, कर हुन्छ नाम ।।१६।।

धरौटी
क्वै काम हुन्छन्, गरिदिन्छु भन्दा ।
लिन्छन् धरौटी, पनिकामगर्दा ।।
भै जान्छ फिर्ता, सकिएर काम ।
पैसो धरौटी, पनि बन्छ नाम ।।१७।।

भाडा
अन्यत्र घर्मा, जुन बस्छ भाडा ।
हो नाम भाडा, अनि लाग्छ भाडा ।
बसै जहाजै, पनि हुन्छ भाडा ।
लिईन्छ पैसो, तर नाम भाडा ।।१८।।

भत्ता
जो काम गर्छन्, खटिएर दिन्मा ।
कि देउ भत्ता, भनि चल्छ ठट्टा ।
भनिन्नतलव्, तर हुन्छ भत्ता ।
हो लिन्छ पैसो, तर नामभत्ता ।।१९।।

पेन्शन ।
वर्षौं गरेरै, सर—कार सेवा ।
कटिन्छ बेला, अनि मिल्छ मेवा ।।
हुँदानिवृत्ती, अनि मिल्छ पेन्शन् ।
हो मिल्छ पैसा, तर नाम पेन्शन् ।।२०।।

फिरौती ।
यो शव्दभित्र !, अति घात हुन्छ ।
बन्धक् बनाई, धन राश लिन्छ ।
हुँदैनशव्द ! मन—मान राम्रो ।
ह्या चल्छ पैसो, तर तै नराम्रो ।।२१।।

जरिवाना
तिरिन्न बेलै, कर या त शुल्क ।
थपिन्छ पैसो, अनि बढ्छ शुल्क ।।
कैले त शुल्क,ै भर—मार हुन्छ ।
त्यो शुल्कमात्रै, जरिवानबन्छ ।।२२।।

साँवा
लिईन्छ पैसो, ऋण वैंक वावा ।
ह्या साहुमाहा, जनको छ दावा ।।
पैसो लिएको, जतिहो निवावा ।
पैसो त उही, तर नाम साँवा ।।२३।।

व्याज
ऋणै लिएर, पनिकामगर्दा ।
साँवानिकाली, अरु भार पर्दा ।।
तिर्नु छ पैसो, अब छुट्ट नाम ।
थपिन्छ पैसो, तर व्याजनाम।।२४।।

कोष
एक्मूष्ठ पैसा, जवहात पर्छ।
खोलेर खाता, अनिकाम गर्छ ।।
गरिन्छ जम्मा, भनि यो त कोष ।
पैसो छ जम्मा, तर नामकोष ।।२५।।

स्कूल् कलेज्कोपनिहुन्छ कोष ।
छन् प्राज्ञ संस्था, तिनको छ कोष ।।
खर्चिन्न्नमुल्धन्, तर व्याजखर्च ।
अक्षेय कोष !, भनिनाम पर्छ ।।२६।।

सिक्का र नोट
यो धातु बाटै, बनिए छ पैसा ।
भनिन्छसिक्का, तर हुन्छ पैसा ।।
बनेर कागत्, वहु—मूल्यनोट ।
त्यो नोट—पैसा, नहुँदा त खोट ।।२७।।

स्वरुप
पैसा र सिक्का, रुपये र मुन्द्रा ।
बोलिन्छ दामै, पनिमूखखुद्रा ।।
छन् देश धेरै, अनिनाम धेरै ।
देशै पिछेका, पनिनाम धेरै ।।२८।।

नाम
डलर् र रूवल्, अनि येनयान ।
यूरो र रियल्, अनि भाट क्रोन ।।
जे होस नाम!,तर नाम पैसै ।
हाम्ले रुपैये, भनियो नि तेस्तै ।।२९।।

मान
यो बीस नोटै, पनिमान कस्तो ।
कैलै महङ्गो, अनि हुन्छ सस्तो ।
यै नोट ठूलो, तर भीखदिँदा ।
यै नोट सानो, तर टीप दिँदा ।।३०।।

नारायण प्रसाद बराल
इतिः पैसा पुराण ।
श्री राधे, ११भाद्र,०७७ पोखरा-कास्की ।

More News last news
Loading...