एनआरएनएको निर्णय भनेर दुईथरी धारणा बाहिर आउनु गलत : उपाध्यक्ष केसी

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष मन केसीले दिर्घकालिन विषयमा निर्णय नहुँदै अध्यक्षसहितका केही पदाधिकारीले एनआरएनको निर्णय भनेर सार्बजनिक गरेको प्रति आपत्ति जनाएका छन् ।

आइतबार एक अनलाईनसँग कुरा गर्दै उपाध्यक्ष केसीले संघको भर्चुअल बैठकमा निःशुल्क सदस्यता, विधान संसोधन, आर्थिक प्रस्ताव र एमआइएस सिष्टमका विषयमा छलफल भएपनि यसबारे कुनै निर्णय नगरिएको बताए ।

Advertisement

उपाध्यक्ष केसीले भने, “बैठकमा यी विषयमा छलफल भएका हुन् । हामीले दिर्घकालिन महत्वका विषयमा अलि लामो छलफल गरेर मात्रै निर्णय गरौँ भनेका हौँ । तर केही साथीहरुले हतारोमा निर्णय नै नभएका कुरालाई सञ्चारमाध्यममा दिनुभएछ । त्यसपछि विभिन्न मिडियामा दुइथरी समाचारहरु आए।”

संघ सुधारका धेरै विषयमा आफुँहरु एक मत रहेपनि बृहत्त छलफल बिना बैठकका निर्णय भन्दै दुइथरी भनाइ बाहिर आउनु गतल भएको पनि उपाध्यक्ष केसीले खुलासा गरेका छन् ।

भिडियो

More News last news
Loading...