‘उद्दार’ एजेन्टहरुको सेटिङ र पीडित वर्गलाई झन् हाक्काहाकी लुट्ने काम

लालकाजी गुरुङ

मलेसिया । कोरोना महामारीका कारण विदेशमा अलपत्र रहेका श्रमजीवी वर्गका नेपालीहरु चर्को पीडा माथि पीडामा रहेका छन् । सरकारले नियमित हवाईमार्ग सुचारु गर्न ढिलाई गर्दा ठूलो संख्यामा विदेशमा रहेका नेपालीहरु अप्ठ्यारोमा छन्।

Advertisement

सरकारले अलपत्र परेका र नेपाल जानैपर्ने स्थितिमा रहेका नागरिकलाई तथाकथित उद्दार गरेको भनेर चार्टर उडान सुरु गरेको बताएपनि यो तरिकाले उद्दार नभइ केही एजेन्टहरुको सेटिङ र मिलेमतोमा पीडित वर्गलाई झन् हाक्काहाकी लुट्ने काम गरेको देखिन्छ।

खाडी मुलुक र मलेसिया लगायतका देशहरूबाट नियमित समयको भन्दा भाडादर दोब्बर बढी तोकिएको छ । तथापि उक्त तोकिएको मुल्यमा पनि नेपाल आउन चाहानेहरुले टिकट सहज तरिकाले पाउन सकेका छैनन्।

महँगो टिकट नपाएको गुनासो आएपनी सुनुवाई हुने कहीँ कतै आशा गर्ने ठाउँ नभएको पीडितहरु बताउँछन्।

नेपाल जानको लागि राजदुतावासमा फर्म भरेर नाम निस्कनुपर्छ नाम निस्किए पछि टिकट र कोरोना टेस्ट पनि स्वयंले नै गर्नुपर्छ । सर्वसाधारणलाई टिकटका लागी एयरलाइन्सको सिधा तोकिएको कार्यलयमा जाँदा कुनै पनि हालतमा टिकट पाइँदैन । बुकिङ भैसकेको भनेर खालिहात फर्काउने गरिएको छ । तर त्यही टिकट कार्यालय भन्दा बाहिर एजेन्टसँग भने तोकिएको भन्दा बढी मुल्यमा तुरुन्तै पाइन्छ ।

यसरी मलेसियाबाट नेपाल तथाकथित उद्दार उडान भनेर भनिएको चार्टर उडानको तोकिएको भाडादर मालिन्डो एयरलाइन्सको मलेसिया रिङ्गेट १५०० आरएम छ भने हिमालय र नेपाल एयरलाइन्सको १५९० आरएम तोकिएको छ ।

त्यही तोकिएको मूल्यमा पनि टिकट नपाउँदा सर्वसाधारण नेपाली नागरिकले एजेन्ट मार्फत करिब २००० आरएम (नेपाली ५५ हजार रुपैयाँ) रुपैयाँ तिर्न बाध्य भइरहेका छन् । सामान्य अवस्थामा टिकट पाउने कुनै सम्भावना नै छैन ।

यसरी पीडितहरुलाई ठग्दै दुइचार जना कमिसनखोर माफियाहरु मालामाल भैरहेका छन् । त्यसैले छिटोभन्दा छिटो नियमित उडान सुरु गरिनुको कुनै विकल्प छैन । नेपाल सरकारको सम्बन्धित मन्त्रालयले ध्यान दिन जरुरी छ ।

More News last news
Loading...