ट्रम्पका भाइ गम्भीर बिरामी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्प गम्भीर बिरामी परेका छन्। ७२ वर्षीय ट्रम्पका भाइ रोबर्टलाई न्यूयोर्कको एक अस्पतालमा भर्ना गरिएको ह्वाइट हाउसले जानकारी दिएको छ।

उनको स्वास्थ्यबारे थप जानकारी नदिएता पनि अन्तरराष्ट्रिय मिडियाले उनको हालत गम्भीर बनेको बताएका छन्।

Advertisement

यसबारे ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केलिग म्याकनेनीले शुक्रबार एबीसी न्यूजसँग रोबर्टलाई अस्पताल भर्ना गरिएको पुष्टि गरेकी थिइन्।

यस विषयमा बोल्दै राष्ट्रपति ट्रम्पले आफ्नो र भाइको सम्बन्ध निकै सुमधुर रहेको र अहिले उनको स्वास्थ्य अवस्था निकै नाजुक रहेको बताए।

रोबर्टले राष्ट्रपति ट्रम्पको रियल–स्टेट बिजनेस सम्हाल्दै आएका थिए ।

More News last news
Loading...