भारतीय पूर्वराष्ट्रपति मुखर्जीको अवस्था गम्भीर

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था ‘गम्भीर’ बनेको छ।

भारतको नयाँ दिल्लीस्थित सैनिक अस्पतालमा उनको ब्रेन सर्जरी भएको थियो। सर्जरीपछि उनको अवस्था नाजुक बनेको हो। अहिले उनलाई भेन्टिलेटरको सहायतामा राखिएको छ।

Advertisement

सोमबार ८४ वर्षीय मुखर्जीले आफू कोरोना संक्रमित भएको जानकारी दिएका थिए। उनले सामाजिक सञ्जाल ट्वीटरबाट उक्त जानकारी दिएका हुन्।

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले उनले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। भारतीय रक्षामन्त्री राजनाथ सिंहले पनि नयाँ दिल्लीको सैनिक अस्पतालको भ्रमण गरी मुखर्जीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन्।

त्यस्तै भारतीय कांग्रेसका नेता राहुल गान्धीले पनि मुखर्जीको स्वास्थ्यलाभको कामना गरेका छन्।

More News last news
Loading...