१९० यात्रु सवार एयर इन्डिया एक्सप्रेसको विमान २ टुक्रा (फोटोफिचर)

एजेन्सी । शुक्रबार एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटनामा १७ जनाको मृत्यु भएको छ।बिहान रनवेमा चिप्लिएर दुर्घटना भएको थियो।

भारतको केरलाको कोझिकोड एयरपोर्ट छेउमा भएको उक्त विमान दुर्घटनामा कम्तिमा १७जनाको मृत्यु भएको हो। मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन्।

Advertisement

दुवईबाट आइरहेको सो विमानमा चालक दलका सदस्यसहित १९० जना सवार रहेका थिए जसमा १ सय ७४ जना यात्रु (१० बच्चा) समेत रहेका थिए । जहाज दुई टुक्रा भएको छ।

इयर इन्डिया एक्सप्रेस कम्पनी विमान दुर्घटनामा परेको सामाजिक सञ्जाल ट्वीटमार्फत पुष्टि गरेको छ। त्यस्तै भारतीय उड्डयन मन्त्रालयका अनुसार शुक्रबार साँझ ७ बजेर ४१ मिनेटमा विमान दुर्घटनामा परेको जनाएको छ । विमान ल्यान्ड गर्ने क्रममा रनवेबाट बाहिर गएको मन्त्रालयले जनाएको छ।

हेर्नुहोस् बिहान दुर्घटनाका केही तस्वीरहरु

More News last news
Loading...