कोरोनाको संक्रमणबाट साउदीमा स्याङ्जाका एक युवकको मृत्यु

वालिङ्ग । कोरोनाको सङ्क्रमणबाट साउदीमा एक जना नेपालीको मृत्यु भएको छ ।

साउदी अरबको दमाम सेन्ट्रल अस्पतालमा ३५ दिनदेखि कोरोनाको उपचार गराइरहेका गल्याङ नगरपालिका–८ का रोशन श्रेष्ठको ज्यान गएको साउदीस्थित नेपाली संघ संस्थाहरुले जनाएका छन् ।

Advertisement

केही समयअघि नेपाल आएका श्रेष्ठ लकडाउनेको अघिल्लो दिन मात्रै साउदी अरब फर्किएका थिए। एनए मिडियाका म्यानेजिङ डाइरेक्टरसमेत रहेका श्रेष्ठ स्याङ्जा सहयोग समाजलगायतका सङ्घसंस्थामा सक्रिय थिए।

श्रीमतीसहित साउदीमा बस्दै आएका श्रेष्ठ बिदामा घर आएपछि श्रीमतीलाई काठमाडौँ मै छोडेर साउदी अरब फर्किएका थिए ।

More News last news
Loading...