उत्तर कोरिया कोरोना संकट रोक्न सफल भएको किम जोङ उनको दाबी

काठमाडौँ । उत्तर कोरियाका नेता किम जोङ कोरोना संकटमाथि विजय पाउन उनले आफ्नो देशले चम्किलो सफलता हात पारेको दाबी गरेका छन्।

पोलिट ब्यूरोको बैठकका बेला किम जोङले उत्तर कोरियाले यो भाइरस फैलन रोकेको र स्थितीलाई स्थिर बनाएर राख्न सफल भएको बताए। संसारभरी कोरोनाभाइरस फैलन सुरु भएलगत्तै ६ महिना अघि नै उत्तर कोरियाले आफ्ना सीमा सील गरेका थिए र हज्जारौंलाई आइसोलेशनमा पठाएका थिए।

Advertisement

उत्तर कोरियाले आफ्नो देशमा एकजना पनि कोरोना संक्रमित नभएको दाबी गरेका छन्। यद्यपि, विश्लेषक यो कुरामा सहमत भने छैनन्। बिहिबार आयोजित पोलिट ब्यूरोको बैठकमा किम जोङ उनले उत्तर कोरियाको महामारीविरुद्धको कार्ययोजनाबारे बिस्तारपूर्वक जानकारी लिएको बताइन्छ।

साथै किम जोङ उनले छिमेकी मुलुकमा अझै पनि कोरोना भाइरसको संक्रमित भएको बारे पनि कुरा गरेको बताइन्छ।

उत्तर कोरियामा मास्क अनिवार्य

जनवरीको अन्त्यमा नै उत्तर कोरियाले कोरोना भाइरसको संक्रमण रोक्नका लागि कडा कदम उठाएका थिए । देशका सीमा सील गरिएको थियो र पछि प्योङ्गयाङ्गमा भएका सयौं विदेशीलाई क्वारेन्टिनमा राखिएको थियो ।

यतिमात्रै होइन, उत्तर कोरियाले आफ्ना सयौं नागरिकलाई आइसोलेशनमा राखे र स्कूल पनि बन्द गरे । यद्यपि, उत्तर कोरियाले अब विद्यालय खोलिदिएको छ तर मानिसहरुलाई सार्वजनिक स्थानमा जम्मा हुन अहिले पनि प्रतिबन्ध लगाइएको छ ।

समाचार एजेन्सी रोयटर्सले विश्व स्वास्थ्य संगठनलाई उद्धृत गर्दै उत्तर कोरियामा सार्वजनिक स्थानमा मास्क लगाउन अनिवार्य गरिएको जानकारी दिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार उत्तर कोरियामा हालसम्म ९ सय २२ जनाको मात्रै परीक्षण गरिएको छ। यी सबैको नतिजा नेगेटिभ पाइएको छ।

उत्तर कोरियाको चीनसँग लामो सीमा लाग्छ। उत्तर कोरियाको दाबी अनुसार देशमा कोरोनाभाइरसका एकजना पनि संक्रमित छैनन्। तर स्पेशलिस्ट न्यूज वेबसाइट एनके न्यूजका प्रबन्ध सम्पादक ओलिवर होथमले उत्तर कोरियाको दाबी सही नभएको बताएका छन्।

‘उत्तर कोरियामा एकजना पनि संक्रमित नुहुने सम्भावना निकै कम छ किनभने यसको सीमा दक्षिण कोरिया र चीनसँग जोडिएको छ। यी देशसँग कारियाको जुन व्यापार छ, यो हेर्दा मलाई लाग्छ कि उसले यसलाई रोक्न सकेको छैन। यो कसरी सम्भव होला र ?’

More News last news
Loading...