विवाहको ९ वर्षपछि महिलाले जब आफू पुरुष भएको थाहा पाइन्

एक महिला ३२ वर्षदेखि सामान्य जीवन बाँचिरहेकी थिइन् । उनको विवाह भएको ९ वर्ष बितिसकेको थियो र वैवाहिक जीवन पनि राम्रो चलिरहेको थियो तर अचानक उनलाई थाहा भयो कि उनी एक पुरुष हुन् र उनलाई टेस्टिक्यूलर क्यान्सर छ।

भारतको पश्चिम बंगालमा बीरभूममा बस्ने यी महिला शारीरिक रुपमा त महिला हुन् तर आनुवंशिक रुपमा उनी पुरुषको रुपमा जन्मिएकी थिइन्। जब उनको स्थिती अस्पताल पुग्यो तब डाक्टर पनि चकित परे र उनीहरुले यो समस्याबारे थाहा पाउनका लागि एउटा लामो प्रक्रियाबाट गुज्रनु पर्यो ।

Advertisement

त्यसपछि थाहा भयो कि यी महिलालाई एन्ड्रोजन इन्सेन्सिटिभिटी सिन्ड्रोम छ जसमा व्यक्तिको शरीर महिलाको हुन्छ तर क्रोमोसोम पुरुषको हुन्छ।

पेट दुख्ने समस्याः

यी महिला केहि महिना अघि पेट दुख्ने समस्या लिएर नेताजी सुभाष चन्द्र बोस क्यान्सर अस्पताल गएकी थिइन् । उनको उपचार गर्ने डाक्टरले उनलाई कस्तो रोग लागेको छ भनेर बुझ्न सकेनन्।

क्यान्सर अस्पतालमा कन्सल्टेन्ट क्लिनिकल अन्कोलोजिस्ट डाक्टर अनुपम दत्ता र कन्सल्टेन्ट सर्जिकल अन्कोलोजिस्ट डाक्छर सौमेन दासले उनको उपचार गरिरहेका थिए।

डाक्टर अनुपम दत्ता भन्छिन्, ‘महिला अत्यधिक पेट दुख्ने समस्या लिएर अस्पताल आएकी थिइन्। जब उनको परीक्षण गरियो तब उनको पाठेघर (गर्भाशय) र ओभरी नभएको थाहा भयो र पेटमा एउटा ट्युमरजस्तो देखियो । जब हामीले उनको बायोप्सी निकाल्यौं तब थाहा भयो कि उनलाई सेनिनोमा छ जुन पुरुषमा हुने टेस्टिक्यूलर क्यान्सर हो।’

टेस्टिक्यूलर क्यान्सर अण्डकोषमा हुन्छ जुन पुरुषको मुख्य प्रजनन अङ्ग हो । तर यी महिलाको पेटमा नै यो अङ्ग पाइयो जसले अब ट्युमरको रुप लिइसकेको थियो। यस्तो किन भयो, यसबारे पत्ता लगाउनका लागि महिलाको जीनको परीक्षण गरियो।

डा. अनुपम भन्छन्, ‘हामीले उनको जीन परीक्षण गर्यौं जसमा क्रोमोसोमको विश्लेषण गरियो । यसमा पत्ता लाग्यो कि त्यसमा ४६ एक्सवाई क्रोमोसोम छ जुन पुरुषमा हुन्छ । महिलामा ४६ एक्सएक्स क्रोमोसोम र पुरुषमा एक्सवाई क्रोमोसोम पाइन्छ ।’

‘यसमार्फत् हामीलाई थाहा भयो कि महिला एक दुर्लभ रोग एन्ड्रोसन इन्सेन्सिटिभिटी सिन्ड्रोमबाट ग्रस्त छिन् । यद्यपि, उनी सामान्य जीवन बाँचिरहेकी छिन् र यो सिन्ड्रोमका कारण उनको वैवाहिक जीवनमा पनि कुनै असर परेको छैन।’

डाक्टर अनुपमका अनुसार यो रोग लाग्दा अन्य कुनै समस्या हुँदैन। तर महिला कहिले आमा भने बन्न सक्दिनन्। उनको शरीरमा पाठेघर नै हुँदैन। यसै कारण यी महिला कहिले पनि महिनावारी भइनन्।

महिलाले महिनावारी नभएकोमा उपचार पनि गराएकी थिइन् तर डाक्टरले पाठेघर नभएको कारण पत्ता लगाउन कोसिस गरेनन् । कोही महिलामा जन्मजात नै यो अङ्ग नहुने भएकोले पनि यसको कारण नखोजिएको हुनसक्छ।

काकी र बहिनीलाई पनि सिन्ड्रोमः

ती महिलालाई मात्रै होइन, उनकी एक काकी र २८ वर्षकी बहिनीमा पनि यहि सिन्ड्रोम देखिएको छ ।

डाक्टर अनुपम भन्छन्, ‘जब हामीलाई यो सिन्ड्रोमबारे थाहा भयो तब हामीले उनको परिवारबारे पनि सोध्यौं। उनले उनका परिवारका अन्य दुई महिला पनि महिनावारी नभएको बताइन्। उनीहरुको पनि परीक्षण गर्दा यहि सिन्ड्रोम पाइयो तर उनीहरु पनि सामान्य जीवन बाँचिरहेका छन्। अब हामी उनीहरुको पेटमा पनि अण्डकोष छ छैन भनेर पत्ता लगाउने कोसिस गर्छौं । यदि यस्तो भए, त्यो हामी निकालिदिनेछौं ता कि भविष्यमा क्यान्सरको खतरा नहोस्।’

अहिले महिलाको शल्यक्रिया गरेर चारदेखि पाँच किलोको ट्युमर निकालिएको छ। पूर्ण उपचारका लागि उनको किमोथेरापी चलिरहेको छ र महिलाको हालत स्थिर छ।

महिलामा पुरुषको क्रोमोसोम छ तर उनी पूर्ण रुपमा एक महिला हुन् । यो कुरा सम्झाउन र स्विकार गर्नका लागि उनको काउन्सिलिङ पनि गरिँदैछ। डाक्टरका अनुसार उनको जीवनमा कुनै परिवर्तन आएको छैन, सबै पहिले जस्तै छ । उनको परिवारले पनि यो कुरा बुझ्दै छ।

More News last news
Loading...