घातक बन्यो विवाह समारोह, बेहुलाको मृत्यु, ९५ जना कोरोना संक्रमित

काठमाडौँ । भारतको विहारमा एक विवाह समारोह घातक बनेको छ। सोमबार विवाह समारोहमा सहभागी बनेका ९५ जना कोरोना संक्रमित बनेका छन् भने बेहुलाको मृत्यु भएको छ।

बिहारको राजधानी पटनामा सोमबार एकै पटक ९५ जनामा कारोना संक्रमण पुष्टि भएको त्यहाँका स्वास्थ्य अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

Advertisement

पटनादेखि ५० किलोमिटर टाढा पालीगञ्च क्षेत्रमा १५ जुनमा भएको एक विवाह समारोहमा सहभागी ९५ जना कोरोना संक्रमित बनेका हुन्। रिर्पोटका अनुसार ३० वर्षीय बेहुलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। उनी सफ्टवेयर इन्जिनियर हुन्।

उनमा विवाहको केहीदिनपछि कोरोनाको लक्षण देखिएपछि कोरोना जाँच गरिएको थियो। जसमा उनको रिर्पोट पोजेटिभ देखिएको थियो। विवाहको दुई दिनपछि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पटनको एम्स अस्पताल भर्ना गरिएको थियो। जसको उपचारका क्रममा निधन भएको हो।

बेहुलाको कोरोनाबाट मृत्यु भएपछि विवाहमा सहभागी अन्य व्यक्तिको पनि कोरोना परीक्षण गरिएको थियो। जसमा ९५ जनामा कोरोना पुष्टि भएको हो।

More News last news
Loading...