‘म सपनालाई माया गर्छु’ भन्दै विवाहको १० दिनपछि नवविवाहित पत्नीले छोडिन् पति

भारतको बिहारमा एउटा अचम्मको घटना सार्वजनिक भएको हो । यहाँँका एक नवविवाहित त्यतिबेला जिल खाए जब उनकी श्रीमतीले उनलाई आफू एक महिलाको प्रेममा भएको बताइन्।

घटना विहारको बेगूसरायको हो । यहाँ जून १४ तारिखमा बेगूसरायमा बस्ने अंकित कुमारको राँचीमा बस्ने पूजासँग मागी विवाह भयो । विवाहपछि पूजा आफ्नो श्रीमानसँगै बेगूसराय गइन् तर १० दिनपछि नै उनले श्रीमानसँग बस्न अस्विकार गरिन्।

Advertisement

पूजाले आफू २ वर्षदेखि सपना नामकी एक महिलासँग समलिङ्गी सम्बन्धमा रहेको र उसैसँग विवाह गर्न चाहेको बताइन् । श्रीमतीको यस्तो कुरा सुनेपछि अंकिताले के गर्ने भनेर ठम्याउनै सकिन्न् तसर्थ यसबारे प्रहरीलाई जानकारी दिइन् ।

त्यसपछि नगर थाना प्रहरीले सबैलाई थाना पुर्याए। पूजाकी प्रेमिका सपना पनि राँचीबाट बेगूसराय पुगिन् र थानामा गएर प्रेमिकासँगै बस्न चाहेको बताइन्।

सपना र पूजाका अनुसार उनीहरु राँचीको एउटा कपडा पसलमा काम गर्ने गरेको र त्यति नै बेला आफूहरु बीच प्रेम बसेको हो । त्यसपछि यी दुई दुई वर्षसम्म सँगै बसे। यसैबीच १४ जूनमा पूजाको विवाह उनको परिवारले बेगूसरायमा गराइदिए। तर यो विवाहसँग पूजा भने खुसी थिइनन्।

पूजाका अनुसार उनी सपनालाई प्रेम गर्छिन् र उसैसँग विवाह गर्न चाहन्छिन्। सपना पनि पूजालाई आफ्नी श्रीमती मान्छिन्। घटना सार्वजनिक भएपछि अब ती पुरुषले पनि पूजालाई विवाह बन्धनमा बाँधिन स्वतन्त्र छोडिएका छन्।

More News last news
Loading...