काठमाडौं । लोकदोहोरी गायक घनश्याम रिजाललाई मातृशोक परेको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व सदस्य समेत रहेका रिजाललाई एक महिनाको अन्तरालमा मातृ र पितृ शोक परेको हो । उनकी आमा ७२ बर्षीय तोककुमारी रिजालको आज दिउँसो मनिपाल शिक्षण अस्पताल, पोखरामा उपचारका क्रममा निधन भएको हो ।
स्वर्गीय आमाको आजै पोखराको रामघाटमा अन्तिम दाहसंस्कार गरिने बताईएको छ ।
रिजालकी आमालाई केहि दिन अघि हृदयघात भएपछि उपचारका क्रममा पोखरा ल्याईएको पारिवारिक श्रोतले जनाएको छ । स्वर्गीय तोककुमारीका तीन छोरा र एक छोरी रहेका छन् । तीन छोरा मध्ये घनश्याम कान्छा छोरा हुन् ।
गायक रिजालकी आमाको निधनप्रति बिभिन्न संघसंस्था, आफन्तजन, कलाकार एवं गायकहरु बद्रि पंगेनी, पशुपति शर्मा, राजन कार्की लगायतले गहिरो समवेदना प्रकट गरेका छन् ।
उनका वुवा खेमनारायण रिजालको ७८ बर्षको उमेरमा चैत्र २९ गते निधन भएको थियो ।
यस दुखको क्षणमा नयाँपुस्ता परिवारको तर्फबाट मृतक आत्माप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै गायक रिजालको परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
