बेलायतमा तनहुँका एक पूर्व गोर्खा सैनिकको मृत्यु

थप्रेक । बेलायतमा थप एक पूर्व गोर्खा सैनिकको ज्यान गएको छ । तनहुँको शुक्लागण्डकी–१ (ओखल्दी, थप्रेक) स्थायी घर भएका पूर्व बेलायत सैनिक हस्तविर गुरुङको निधन भएको हो ।

केही दिनदेखि श्वासप्रश्वासमा समस्या देखिएर अस्पताल भर्ना भएका ७८ वर्षीय गुरुङको उपचारका क्रममा निधन भएकाे पारिवारिक स्रोतले जनाएकाे छ ।

Advertisement

कोरोनाकाे केन्द्रबिन्दु बनेको बेलायतमा गुरुङ्को पनि कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको बताईएपनि यसको पुष्टी भने हुन सकेको छैन ।

सन् १९९९ देखि हङकङ र २०१२ देखि पूकेका वसोबास गर्दै आएका गुरुङ दुई महिना अघि मात्रै गृह जिल्ला तनहुँ आएर बेलायत फर्किएका थिए ।

स्वर्गिय गुरुङको आगामी बैशाख २४ गते बेलायतमै अन्त्यष्टी गरिने तयारी भएको पारिवारिक स्रोतलाई उदृत गर्दै शुक्लागण्डकी नगरपालिका १ का वडाध्यक्ष रविचन्द्र पौडेलले बताए ।

More News last news
Loading...