कोरोनाबाट ज्यान गुमाएकाहरुको सम्झनामा चीनमा मौनधारण, सडकमै रोए कयौं मानिस

काठमाडौं । चीनमा कोभिड १९ को सङ्क्रमणका कारण ज्यान गुमाएकाहरुको सम्झनामा तीन मिनेट मौनधारण गरिएको छ ।

सङ्क्रमणबाट ज्यान गुमाउने बिरामी र चिकित्सकहरुको सम्झनामा राष्ट्रपति सी जिनपिङको नेतृत्वमा करौडौँ मानिसहरुले तीन मिनेट मौन धारण गर्दै राष्ट्रिय शोक दिवस मनाएका हुन् ।

Advertisement

भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएकाहरुप्रति मौनधारण गर्दै गर्दा सडकमा गाडीहरु रोकिएका थिए । बेइजिङमा कैयौँ मानिसहरु सडकमै रोएको देख्न सकिन्थ्यो । यस क्रममा देशभर तथा विदेशका सबै चिनियाँ दूतावास तथा वाणिज्य दूतावासमा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो र सबै गतिविधि केही समयका लागि स्थगित गरिएको थियो ।

भाइरसको सङ्क्रमण फैलिन सुरु भएको चीनमा कोभिड १९ का कारण तीन हजार तीन सयभन्दा धेरैको ज्यान गइसकेको छ । अहिले भने भाइरसको सङ्क्रमण नियन्त्रणतर्फ उन्मुख भएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

More News last news
Loading...