काठमाडौँ । बागलुङ प्रदेशसभा (ख) को उपनिवार्चनको मत परिणाम अनुसार काँग्रेसले अग्रता लिइरहेको छ।
एक हजार ८ मत गणना भइसक्दा नेकपा र काँग्रेसको प्रतिस्पर्धा रहेको उक्त स्थानमा काँग्रेसका जितबहादुर शेरचनले १३९ मतले अग्रता लिइरहेका छन्।
सो क्षेत्रमा जनमोर्चाका उम्मेद्वार खिमबहादुर शाहीले ३८६ मत प्राप्त गर्दै काँग्रेसलाई पछ्याइरहेको छ । त्यस्तै समाजवादीका अशोक विकको ७०, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीको ६ र राप्रपा (संयुक्त)का निमबहादुर भण्डारीको २ मत छ।
स्वतन्त्र उम्मेदवार दिएका वीरमान घर्तीले ९ मत पाएका छन् । २०७४ सालमा यो क्षेत्रमा जनमोर्चाका टेकबहादुर घर्ती ११ हजार ८८४ मत पाएर विजयी भएका थिए । त्यति बेला काँग्रेसका जिबहादुर शेरचनको ८ हजार ६२४ भोट थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
