काठमाडौं । एपेन्डिसाइटिसको शल्यक्रिया गरेर अस्पतालमै आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यप्रति चासो राख्नेलाई धन्यवाद दिएका छन् ।
उनले आफ्नो स्वास्थ्यमा तीव्र गतिमा सुधार भइरहेको जानकारी गराउँदै आफ्नो स्वास्थ्यप्रति चासो राख्ने र सुभेच्छा प्रकट गर्नेलाई ट्वीटरमार्फत धन्यवाद दिए ।
उनले राप्रपाका अध्यक्ष कमल थापालगायत अन्यलाई मेन्सन गरेर नै धन्यवाद दिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
