पोखराका वडाअध्यक्षको घरमा बम बिस्फोट

काठमाडौँ । पोखरा महानगरपालिकाका वडाध्यक्षको घरमा बम विस्फोट भएको छ।

पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिव आचार्यको घरमा सोमबार बिहानै बम बिस्फोट भएको हो ।

Advertisement

बम बिस्फोटका कारण पोखराको बिरौटामा रहेको उनको घरमा पार्किङ गरिरहेको ग २ च ४२६ नम्बरको टोयटो हाइलक्स गाडीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

घटना बिहान २ बजेर १५ मिनेट जाँदा भएको उक्त घटना नेत्र विक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले गरेको हुनसक्ने आशंका रहेको र संलग्न व्यक्तिको खोजी कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ।

More News last news
Loading...