मुक्तिनाथ विकास बैंकद्वारा ऋण मिनाहा

स्याङ्जा। मुक्तिनाथ विकास बैंक लिमिटेडको लघुवित्त डेस्क कार्यालय स्याङ्जाले स्वर्गीय यशोदा कुमारी क्षेत्रीको ऋण मिनाहा गरेको छ ।

बैंकको लघुवित्त कर्जा अन्तर्गत एक लाख पचास हजार रुपैया ऋण लिएकी स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नं ५ पौवगौडे निवासी क्षेत्रीको गत असोजको २५ गतेका दिन निधन भएको थियो । क्षेत्रीको निधनपछि बैंकले दिवङ्गत क्षेत्रीले बैंकलाई तिर्न बाँकी सावा तथा व्याज मिनाहा गरेको मुक्तीनाथ विकास वैक लघुवित्त डेक्स इन्चार्ज निर्मल मरासिनीले जानकारी दिए ।

Advertisement

स्वर्गीय क्षेत्रीले मुक्तिनाथ विकास बैंक मार्फत लिएको कर्जाको हाल सम्म तिरेको कर्जा तथा व्याज र काजकिरिया खर्च बापत रु एक लाख उन्नतीस हजार आठ सय पैसठ्ठी रुपैया बराबरको चेक निजको हकदार छोरा टेक बहादुर थापालाई ,वडा नं ५ का वडा अध्यक्ष रामचन्द्र रेग्मी,मुक्तिनाथ विकास बैंक स्याङ्जाका शाखा प्रबन्धक नबिन काफ्ले र लधुवित्त डेक्स इन्चार्ज निर्मल मरासिनीले संयुक्त रुपमा हस्तान्तरण गरिएको छ ।

More News last news
Loading...