पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक बिदेशी नागरिक घाइते भएका छन् ।
बुधबार करिव १२ः४५ मा भएको दुर्घटनामा करिव ५० बर्षका ब्रिटेन नागरिक म्याथ्यु फिड्डेस घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते फिड्डेसको मणिपाल अस्पताल पोखरामा उपचार भैरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले उल्लेख गरेको छ ।
ब्लुस्काई कम्पनी मार्फत पोखराको सराङकोटबाट सोलो उडान भर्ने क्रममा फिड्डेस दुर्घटनामा परेको गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।
घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
