काठमाडौं । कुवेतमा एक नेपालीको उपचारका क्रममा निधन भएको छ । घोराही उपमहानगरपालिका –२, सुकेडाँगीका ३६ वर्षीय जबिन्द्र परियारको शनिबार राति निधन भएको हो ।
रेष्टुरेन्टमा कुकको कामका लागि कुवेत गएको ४३ दिनमै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । अक्टोबर २ तारिखका दिन एक्कासी टाउको दुख्ने र धेरै ज्वरो आउने भएपछि उनलाई तत्काल फर्वानियाको सिफा अल जाजिरा अस्पताल पुर्याइएको थियो । त्यहाँ उपचार गर्न सम्भव नभएपछि फर्वानिया अस्पताल रिफर गरियो ।
तर त्यहाँ पनि उनलाई बचाउन सकिएन । जबिन्द्रलाई एकदमै कम मान्छेमा हुने ‘ब्रेन टीबी’ भएको र त्यसैको कारण ज्यान गएको अस्पतालले जनाएको छ । सम्बन्धित निकायसँग समन्वय गरेर शव चाडै नेपाल पठाउन पहल गर्ने नेपाली राजदूतावासले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
