पोखरा । कास्कीको उत्तरी अन्नपूर्ण गाउँपालिका-११, देउराली वेसक्यामनजिकैको बगरमा बुधवार हिउँपहिरोमा पुरिँदा एक नेपाली पर्यटकको मृत्यु भएको छ । २ घाइते छन्।
पोखरा-५ निवासी १६ वर्षीय संजय खनालको घटनास्थलमा नै मृत्यु भएको जिल्लाप्रहरी कार्यालय कास्कीकाप्रहरी नायव उपरीक्षकएवं प्रवक्ता राजकुमार केसीले बताए।
घाइते हुनेमा पोखरा–११ फूलबारी निवासी २० वर्षीय सन्तोष बास्तोला र पोखरा-५ पस्र्याङ निवासी १८ वर्षीय नीरञ्जन कोइरालाछन्। उनीहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरी पोखराको मणिपालशिक्षण अस्पतालमा उपचारार्थल्याइएको छ। उनीहरु खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ।
ट्रेकिङमागएकाउनीहरुलाई एक्कासीमाथिबाट खसेको चट्टान सहितको हिउँपहिरोले बुधबार मन्ध्यान्ह पुरेको हो। घटनास्थलपुग्नकास्कीको घान्दुकबाट १८ घण्टा पैदल हिड्नुपर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
