जर्मनी नागरिक पोखरामा मृत फेला

पोखरा । जर्मनी नागरिक पोखराको एक होटलमा मृत फेला परेका छन् । पोखरा महानगरपालिका ६ लेकसाइड स्ट्रेट नम्बर २ को होटल लक्की सेभेन गेस्ट हाउसमा बस्दै आएका उनी बिहान मृत फेला परेका थिए।

७६ वर्षिय कार्ल हेइन्ज स्किकेल केही दिनदेखि सोही गेष्ट हाउसमा बस्दै आएका थिए। बिहान अबेरसम्म नउठेपछि होटलका साहुजीले उठाउन जाँदा मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

उनी सोही होटलको कोठा नम्बर २०३ मा बस्दै आएका थिए । घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...