एनएमबि र ओम बैँकको एकीकृत कारोबार सुरु

पोखरा । एनएमबि बैंक लि. र ओम डेभलपमेन्ट बैंक लि. बीच शनिबारदेखि एकीकृत कारोबार शुभारम्भ भएको छ। मर्जपछि बैंकको नाम एनएमबि बैंक लि. भएको छ। जसको मुख्य कार्यालय काठमाडौं बबरमहलमा छ।

पोखराको पाँचतारे पोखरा ग्राण्डमा शनिबार आयोजित समारोहमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले एकीकृत कारोबारको शुभारम्भ गरे। दुबै संस्था गाभिएपछि बैंकको चुक्ता पुँजी ११ अर्ब ५३ करोड र कोष ८ अर्ब ६२ करोड गरि कुल पुँजी २० अर्ब १५ करोड पुगेको छ।

Advertisement

मर्जपछि एनएमबिको प्रदेश ३ मा शाखा सञ्जाल ४४ वटा, गण्डकीमा ३९ वटा र ५ मा २९ वटा गरी कुल १ सय ६३ शाखा तथा एटिएम १ सय २८ पुगेका छन् । एक्स्टेन्सन काउण्टर ५ छन्।

प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल खराब मौसमका कारण उडान हुन नसक्दा उपस्थित हुन नसकेपछि उनको शुभकामना सन्देश नेपाल राष्ट्र बैंकको पोखरा निर्देशक डा. डिल्लीराम पोखरेलबाट पढेर सुनाइएको थियो।

एनएमबि बैंकले लगातार वर्ष २०१७ र २०१८ मा द बैंकर, फाइनान्सियल टाइम्स, लण्डनबाट बैंक अफ द इयरको उपाधिप्राप्त गर्न सफल भएको छ।

More News last news
Loading...