ओली सरकारको विरोधमा स्याङ्जा काँग्रेस सडकमा उत्रियो

काठमाडौँ । सरकारको विरोधमा नेपाली कांग्रेसले मंगलबार देशभर विशाल विरोध सभा गरेको छ।

नेपाली काँग्रेस दोस्रो चरणको ‘हिमाल, पहाड, तराई–मधेस नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान भदौ २४ गतेदेखि शुरु भएको थियो। ३३० वटै प्रदेश निवार्चन क्षेत्रमा केन्द्रिय प्रतिनिधि खटाई विपि जयन्तीमा सुरु गरेको जागरण अभियान असोज ७ गते समापन गर्दै सरकारको विरोध गरेको छ। स्याङ्जामा पनि कांग्रेसले विरोध प्रदर्शन गरेको छ।

Advertisement

१२ बजे स्याङ्जा पाटि कार्यलयबाट आक्रमक नाराहरु सहित विपी चोक,अभियान पथ, बैकरोड हुदैं सदरमुकामको मुलचोक शहिदचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै संविधान सभा सदस्य तथा महिला नेतृ शारदा पौडेलले कम्यूनिष्ट सरकारले निर्मला पन्तका हत्याराको संरक्षण, वाईड बडी खरिदमा भ्रष्टाचार, जनताको ढाड सेक्ने गरि कर बृद्धि र जनतालाई महंगी थपेको आरोप लगाइन्।

संविधान सभा सदस्य झुल बहादुर आले तथा नेपाली काँग्रेसका नेता राजु थापाले संसारबाट पतन उन्मुख कम्यूनिष्टहरु जनतालाई ढाटेर शासन गर्न सफल भएको बताए। वतमार्न केपी ओली सरकार दुई तिहाईको दम्वमा मनलाग्दी काम गरेको आरोप लगाए। वतमान ओली नेतृत्वको सरकार भष्ट्रचारमा लिप्त भएको र अधिनायकवाद लाद्न खोजेको जिकिर गरे। उनले भने “नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले वाइडवडी काण्डको अनुसन्धान गर्न माग गरिराखे पनि सरकार कानमा तेल हालेर बस्नुको रहस्य छ।” नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई फसाउन सरकार तल्लिन रहेको भन्दै चेतावनी समेत दिए। राष्टपति सम्मानित भएत पनि आफ्नो गरिमा राख्न नसकि मनलाग्दी बोल्दै हिडेको बताए।

कार्यक्रममा नेता तुलसी नारायण श्रेष्ठ,नेता गुरु बराल, राष्ट्रिय सभाका पूर्व सदस्य खगेन्द्रराज रेग्मी,गण्डकी प्रदेश सांसद भागवत प्रकाश मल्लले सरकारले विगतमा गरेको वाचा अनुसार काम गर्न नसकाले कांग्रेसले खबरदारी गर्न सडकमा आएको बताए।

शान्तीपूर्ण विरोध सभा भनि जानकारी गराएता पनि संकटकालमा जसरी प्रहरी परिचालन गरेकोमा नेपाली काँग्रेस स्याङ्जाका कावा सभापतिले असन्तोस व्यक्त गरे। कांग्रेस स्याङ्जाका कार्यबहाक सभापति बुद्धिबहादु राना ‘कुमार को सभापतित्वमा भएको कोणसभाको संचालन पार्टी प्रबक्ता ईन्द्रबहादुर गोदारले गरेको थिए।

More News last news
Loading...