दमौलीमा बास्केटबल खेल्दाखेल्दै २९ वर्षीय श्रेष्ठको मुत्यु

तनहुँ । दमौलीमा बास्केटबल खेल्दा खेल्दै हृदयघात भएर एक युवकको मृत्यु भएको छ। व्यास २ का २९ वर्षीय गौरव श्रेष्ठ बास्केटबल खेल्दा खेल्दै एक्कासी लडेका थिए।

खेल्दा खेल्दै लडेका श्रेष्ठलाई तत्काल उपचारका लागि दमौली अस्पतालमा लगिएको थियो। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उपचारका क्रममा नै दमौली अस्पतालमा श्रेष्ठको मुत्यु भएको हो ।

Advertisement

श्रेष्ठ सानिमा बैंक लिमिटेड दमौली शाखामा कार्यरत थिए । उनले नियमित रूपमा बास्केटबल खेल्ने गरेका बताइन्छ । उनी बास्केटबलका राम्रा खेलाडी पनि हुन्।

More News last news
Loading...